सर्लाही ४ मा गगन थापालाई सकस, मतान्तर बढाउँदै अमरेश

0 Shares

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बलियो बनाउँदै लगेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाका सिंहले ११ हजार ३८३ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगन थापाले ६ हजार ९५२ मत मात्रै पाएका छन् ।

थापा सुरुदेखि पछाडि परेका हुन् । उनीहरूबीचको मतान्तर झन् फराकिलो हुँदै गएको छ । अहिले सिंह र थापाबीचको मतान्तर ४४ सयभन्दा बढी छ ।

यो क्षेत्रमा एमालेका अमनिशकुमार यादवले १९ सय ६७ मत ल्याउँदा नेकपाका डा. रजनिश रायले ४८९ मत ल्याएका छन् । सर्लाही ४ को मतगणना गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा जारी चलिरहेको छ ।

सम्बन्धित समाचार