सुनको मूल्य नयाँ रेकर्डमा लम्किँदै, आज कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, प्रतिदश ग्राम दुई लाख ८१ हजार ७२० रुपैयाँ निर्धारण गरिएको छ ।

आइतबार प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ८ हजार एक सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ९८५ रुपैयाँ थियो । सार्वजनिक बिदा परेकाले सोमबार भने सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।

सम्बन्धित समाचार