इजरायल-इरान युद्ध: दुबईको बुर्ज खलिफा खाली गरियो, सबै विमानस्थल बन्द

0 Shares

काठमाडौं । इजरायली र अमेरिकी आक्रमणको बीचमा दुबईको प्रतिष्ठित बुर्ज खलिफा खाली गरिएको छ । त्यहाँ विस्फोटहरू सुनिएका थिए ।

आक्रमणपछि दुबईका सबै विमानस्थल बन्द गरिएका छन् । दुबई जाने र आउने सबै उडानहरू अनिश्चित कालका लागि रद्द गरिएका छन् ।

आक्रमणसँगै भारतको ठूला दुई एयर कम्पनी एयर इन्डिया र इन्डिगोले पनि मध्य पूर्वमा आफ्नो उडान सञ्चालन स्थगित गरेका छन् । थप जानकारीको लागि एयर इन्डियाले +९१ ११६९३२९३३३ र +९१११६९३२९९९९ नम्बरहरू पनि जारी गरेका छन् ।

हवाई क्षेत्र बन्द भएकाले एयर इन्डियाले आफ्नो दिल्ली तेल अवीव उडान मुम्बई डाइभर्ट गरेको छ । यसैबीच, इन्डिगोको तिरुचिरापल्ली दुबई उडान फिर्ता भएको छ ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल र अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन अर्को सूचना नभएसम्म रोकिएकको छ । यात्रुहरूलाई विमानस्थलमा यात्रा नगर्न र पछिल्लो उडान तालिका अद्यावधिकका लागि आफ्ना एयरलाइन्ससँग सीधै जाँच गर्न सल्लाह दिइन्छ ।

युएई, कतार, बहराइन र कुवेतले अस्थायी रुपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । यसले एयरलाइन्सले सावधानीका रुपमा सेवाहरू रद्द गर्न, पुन: रुट गर्न वा रोकेको छ ।

सम्बन्धित समाचार