काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको एक अर्ब १० करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरिएको छ ।
राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड, ‘ख’ वर्गका बैंकमा १६ करोड ५० लाख र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।
मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खुलाइ फागुन १४ गतेभित्र ब्याजदर प्रस्ताव आह्वान गर्न भनिएको छ ।
बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेलगायत शर्त राखिएको छ ।