0
Shares
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने भएको छ ।
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो प्रतिज्ञा पत्र फागुन ३ गते दिउँसो २ बजे सार्वजनिक गर्ने जनाएको छ ।
प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सार्वजनिक गरिने जानकारी दिए ।