निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, दुइ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार

0 Shares

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १५.६२ अंक घटेर १९५८.७५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.३८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४८ हजार ७०९ पटकको कारोबारमा २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पोखरा फाइनान्स र दोल्ती पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ। यस दिन बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३१ करोड ९८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको करिब १० करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक ०.२३ प्रतिशत बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सम्बन्धित समाचार