0
Shares
काठमाडौं। कामना सेवा विकास बैंकले बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।
उक्त सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ।
उक्त सम्झौताबाट बैंकसँग आबद्ध सबै महानुभावले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ। उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक डा।प्रतिक्षा श्रेष्ठले हस्ताक्षर गरेका थिए।