सुनचाँदीको मूल्यमा घटबढ, कुनमा कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । यस्तै चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो । बुधबार सुन तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी तोलामा ५ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतार चढावका कारण नेपाली बजारमा दैनिक सुन चाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।

सम्बन्धित समाचार