फुट्यो सत्तारुढ दल जसपा, यी हुन् नयाँ दलको प्रमुख नेताहरू

0 Shares

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको निवेदन परेको हो ।

राईको पक्षमा प्रदीप यादव, सुशीला श्रेष्ठ, नवलकिशोर साह सुडी, विरेन्द्र महतोसहितका सांसद रहेका छन् ।

राईको नेतृत्वले आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिएको सांसद राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले देशमा राजनीति स्थायित्व दिनका लागि नयाँ दल बनेको बताए ।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने भएको छ । संघीय संसदमा जसपासँग १२ जना सांसद छन् ।

श्रेष्ठका अनुसार पार्टीको अध्यक्षमा राईसँगै सहअध्यक्ष रेणुकुमारी यादवले जिम्मेवारी पाउने भएकी छन् । यस्तै, उपाध्यक्ष रणदोज कनौला, बबलकिशोर शाह, परशु बस्नेत र शुशिला श्रेष्ठ रहेका छन् ।

नयाँ बन्ने पार्टीको महासचिवको जिम्मेवारी मोहम्मद इस्तियक राईले पाउने भएका छन् ।

सम्बन्धित समाचार