दोस्रो त्रैमासमा एसबिआई बैंकको नाफा १ अर्ब ३ करोड

0 Shares

काठमाडौं । दोस्रो त्रैमासमा नेपाल एसबिआई बैंक लिमिटेडले १ अर्ब ३ करोड १३ लाख खद नाफा आर्जन गरेको छ । बैंकको वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा नाफामा वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा खुद नाफा ९० करोड २ लाख रुपैयाँ रहेको थियो । ६ महिना अवधिमा बैंकले १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १६ अर्ब १० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब २९ करोड ३३ लाखबाट बढेर २ अर्ब ५६ करोड १० लाख रुपैयाँ पुगेको वित्तिय विवरणमा उल्लेख छ ।
बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ९८ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ पुगेको । सञ्चालन नाफा पनि १ अर्ब ३३ करोड ८१ लाख रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ पुगेको पाइएको हो ।

यो अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.५२ रुपैयाँबाट बढेर १८.९३ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.५५ प्रतिशतबाट घटेर २.६४ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १९३.१० रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब २० करोड १३ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार