केएफसीमा माछापुच्छ्रे बैंकको अत्याधुनिक पीओएस, छिटो र पारदर्शी भुक्तानी हुने

0 Shares

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी (KFC) र प्रविधि कम्पनी सिटिटेक (CityTech) सँग रणनीतिक सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा नेपालमै पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी ‘ईआरपी इन्ट्रिगेटेड पीओएस’ (ERP Integrated POS) प्रणाली जडान गरिएको छ । यो प्रविधिले केएफसीको आन्तरिक बिलिङ प्रणाली र बैंकको भुक्तानी उपकरणलाई सिधै जोड्नेछ, जसले गर्दा भुक्तानी प्रक्रिया निकै छिटो र पारदर्शी हुनेछ ।

यी अत्याधुनिक पीओएस उपकरणहरू मार्फत ग्राहकले कार्ड तथा क्यूआर (QR) बाट सहजै भुक्तानी गर्न सक्नेछन्। यसले काउन्टरमा भुक्तानीका लागि लाग्ने समय घटाउनुका साथै मानवीय त्रुटि (Human Error) को जोखिम समेत कम गर्ने अपेक्षा गरिएको छ।

बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय र नवीनतम सेवा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य गरेको जनाएको छ। स्थापनाकालदेखि नै प्रविधिमैत्री बैंकिङमा जोड दिँदै आएको माछापुच्छ्रे बैंकले हाल देशभरका १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा, र ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रमार्फत सेवा दिइरहेको छ ।

यस्तै, बैंकका १९९ एटीएम र १८ लाखभन्दा बढी ग्राहकहरू रहेका छन् ।

सम्बन्धित समाचार