काठमाडौं। कामना सेवा विकास बैंकले माघे संक्रान्ति अवसरमा धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
उक्त स्वास्थ्य शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो। भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेको बैंकले बताएको छ।
कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका व्यक्तिलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउन, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्नु रहेको थियो ।
सहभागीलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. अनिलबाबु रेग्मी, भरतपुर अस्पतालका डा. इन्द« पण्डित र डा. सुशान्त लामिछानेले दिएका थिए।
नारायणगढ क्षेत्रका प्रमुख सुरेन्द« भण्डारीले स्वास्थ्यशिविरले समुदायको स्वास्थ्यस्तर सुधार्न र स्वास्थ्य सचेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनमा निरन्तर सञ्चालन गरिने बताए।