सीआईटीद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

0 Shares

काठमाडौं। नागरिक लगानी कोष (सीआईटी) ले गत २३ र २४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग उपलब्ध गराएको छ।

सहयोग रकम बराबरको चेक कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे।

सो अवसरमा अर्थ सचिव डा.घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्रीलगायत कोषका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीसमेतको उपस्थिति थियो।

कोषमा आजसम्म १४ करोड ७ लाख जम्मा भएको अर्थमन्त्रीले जानकारी दिए।

सम्बन्धित समाचार