गरिमा विकास बैंकले परिवर्तन गर्‍यो आधिकारिक लोगो र छाप

0 Shares

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयानुकूल थप सुदृढ बनाउने उद्देश्यसहित आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बैंकले मिति २०८२ माघ १ गते बिहीबारदेखि लागू हुने गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याएको हो ।

बैंकका अनुसार दीर्घकालीन रणनीतिक योजनाअन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाइसौँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तनसम्बन्धी विशेष प्रस्ताव पारित गरिएको थियो । सोही प्रस्तावका आधारमा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो तथा छाप लागू गरिएको बैंकले जनाएको छ ।

परिवर्तित लोगोले बैंकको आधुनिक, सरल तथा विश्वसनीय पहिचान झल्काउने विश्वास लिइएको छ । यसले ग्राहक केन्द्रित तथा प्रविधिमैत्री बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ ।

यस अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, सेयरधनी तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार