0
Shares
काठमाडौं । कुमारी बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा २०८२ साल पुस ३० गते बुधबार काठमाडौंको टंगालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
पछिल्ला २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइ मार्फत ग्राहकलाई आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले आगामी दिनहरूमा पनि ग्राहक सेवामा थप सुधार गर्दै सरल, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न विभिन्न सहकार्य र नवप्रवर्तनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।