0
Shares
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको हो ।
योसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा कारोबार भएको थियो । तेजावी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।