गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

0 Shares

काठमाडौं । गरिमा विकास बैंकले ६० हजार ७ सय ३९.७२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले केहि सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर विक्री गर्ने भएको हो ।

बैंककै विद्यमान संस्थापक सेयरधनीले उक्त सेयर खरिद गर्न इच्छा जनाएमा सूचना प्रकाशित भएको मितिले ३५ दिन९माघ २१० गते भित्र बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौंमा निवेदन पेश गर्नुपर्ने  छ ।

साथै तोकिएको अवधिभित्र बैंकको संस्थापक सेयरधनीहरुबाट खरिद हुन नसकेको अवस्थामा मात्र उक्त सेयरहरु अन्य व्यक्ति वा संस्थाहरुलाई विक्री गर्ने जनाएको छ ।

सम्बन्धित समाचार