सिन्धु विकास बैंकका सीईओ सुरेश देवकोटाको राजीनामा स्वीकृत

0 Shares

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश देवकोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा बैंकको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

बैंकका सचिव पुस्कर जिसीका अनुसार पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटाको राजीनामा स्वीकृत गरेको हो । यो राजीनामा आउँदो माघ १ गतेदेखि लागू हुनेछ ।

देवकोटाको बहिर्गमनपछि बैंकले नयाँ नेतृत्व चयन नगरेसम्मका लागि सम्भवतः निमित्त सीईओ तोक्नेछ । यद्यपि, नयाँ सीईओ नियुक्तिको प्रक्रियाका बारेमा बैंकले थप जानकारी गराएको छैन।

सम्बन्धित समाचार