हायात प्लेस बुटवल सञ्चालनको दुई महिना: पाहुनाहरूको रोजाइमा नयाँ गन्तव्य

0 Shares

बुटवल । सन् २०२५ लाई बिदा गर्दै गर्दा, नयाँ पर्यटकीय गन्तव्यको रूपमा उदाएको ‘हायात प्लेस बुटवल’ ले सञ्चालनको दुई महिनामै पाहुनाहरूबाट अपार माया र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रकृति, अध्यात्म र साहसिक अनुभवको संगम स्थलका रूपमा परिचित यस होटलले छोटो अवधिमै पर्यटकहरूको ध्यान खिच्न सफल भएको हो।

पवित्र धार्मिक स्थल, प्राकृतिक सौन्दर्य र नवीन पर्यटकीय अनुभवहरूको केन्द्रविन्दुमा रहेको बुटवलले आधुनिक यात्रुहरूको चाहनालाई पूर्ण रूपमा सम्बोधन गरेको होटल व्यवस्थापनको विश्वास छ । काठमाडौँबाट छोटो हवाई दूरी तथा पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख सहरहरूबाट सहज सडक पहुँच भएकाले यसलाई यात्रा र गन्तव्य बीचको उत्कृष्ट संगम स्थल (The Place In-between) का रूपमा विकास गरिएको छ ।

“हामीले सञ्चालनको दुई महिनामै पाएको अपार मायाले हामीलाई अत्यन्तै उत्साहित बनाएको छ,” होटल प्रशासनले भनेको छ, “आरामदायी बसाई र अर्थपूर्ण अनुभवको खोजीमा रहनुभएका सम्पूर्ण यात्रुहरूका लागि हायात प्लेस सधैं पहिलो रोजाइको गन्तव्य बन्न आतुर छ।”

नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा होटलले आफ्ना पाहुनाहरूलाई थप परिष्कृत सेवा र स्थानीय आतिथ्यको अनुभव गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

सम्बन्धित समाचार