रवि-बालेनको वार्ता अनिश्चित बन्दै, कहाँ मिलेन कुरा?

0 Shares

काठमाडौं । शनिबार निर्णायक वार्ता गर्ने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन शाह नेतृत्वको टोलीबीच निर्णायक वार्ता अनिश्चित बनेको छ ।

शुक्रबार साँझ दुई पक्षीय छलफलमा बालेन पक्षले ५०/५० प्रतिशतको पावर सेयरिङको प्रस्ताव राखेका थिए । आज वार्तामा सहमति हुन नसकेपछि बालेनले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग छलफल गरी पुनः त्रिपक्षीय वार्ता बस्ने गरी टुंगिएको थियो ।

शनिबार बिहान बालेनले कुलमानसँग आफूसँग रास्वपाले गरेको सहमतिबारे ब्रिफिङ गरेका थिए । छलफलमा दुवै पक्षले ठोस प्रस्ताव बाहिर ल्याएका छैनन् ।

स्रोतका अनुसार कुलमानसँग गोप्य वार्ता गरेका बालेनले रास्वपासँग गर्ने भनिएको छलफल अनिश्चित बनेको छ । बालेनले रास्वपासँग एकीकृत हुनका लागि गत सोमबारदेखि गहन वार्ता गर्दै आएका छन् ।

यसबाहेक बालेनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेताहरूलगायतसँग वार्ता गरेका थिए ।

सम्बन्धित समाचार