माधवकुमार नेपालको नाम काठमाडौँ २ बाट सिफारिस

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट सहसंयोजक माधव कुमार नेपालसहित ४ जनाको नाम सिफारिस गरेको छ । नेकपा काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

जसमा काठमाडौं–२ बाट माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी, नितेश पौडेल सिफारिस भएका छन् । यो क्षेत्रमा अघिल्लो निर्वाचनमा रास्वपाबाट सोविता गौतम निर्वाचित भएकी थिइन् । नेपाल २०७० सालको निर्वाचनमा निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको निर्वाचनमा नेपाल रौतहट १ बाट निर्वाचित भएका थिए ।

आगामी निर्वाचनमा नेपाल रौटहट १ वा काठमाडौँ २ मध्ये एउटा निर्वाचन क्षेत्रबाट चुनाव लड्न सक्न नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार