नेकपाले गर्‍यो दोलखाबाट विशाल खड्कासहित पाँच जनाको नाम सिफारिस

0 Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट केन्द्रीय सदस्य विशाल खड्कासहित पाँच जनाको नाम सिफारिस भएको छ ।

जिल्ला पार्टी बैठकले बागमती प्रदेशका पूर्वमन्त्री खड्कासहित पाँच जना नेताको आगामी फागुन २१ गतेको निर्वाचनका लागि नाम सिफारिस गरेको हो ।

नेता खड्कासहित गोपाल न्यौपाने, नरबहादुर पाख्रिन, जेविन सर्वहारा, रुरल यमको नाम सिफारिस भएको छ । खड्का २०७९ सालकाे निर्वाचनमा टिकट पाए पनि अन्तिम अवस्थामा नेता गंगा कार्की उम्मेदवार बनेपछि पछि हटेका थिए । पार्टीको निर्णय स्वीकार गर्दै कार्कीलाई चुनाव जिताउन भूमिका खेलेका थिए । यस्तै,  समानुपातिक र राष्ट्रिय सभाका उम्मेदवारको समेत नाम सिफारिस गरिएको छ ।

 

सम्बन्धित समाचार