0
Shares
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकै दिन ५५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य भारी वृद्धि भएको हो ।
योसँगै तोलामा दुई लाख ६१ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार बढेर तोलामै दुई लाख ६७ हजार २०० रुपैयाँ छ । जुन हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।