0
Shares
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत इलाम २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार नेकपा एमाले करिब ७ हजारभन्दा बढी मतले अघि रहेको छ ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङले २१ हजार ३८० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले १४ हजार ७५२ मत पाएका छन् ।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले नौ हजार ९५५ मत पाएका छन् । चौथो स्थानमा रास्वपा उम्मेदवार मिलन लिम्बुले तीन हजार ६०३ मत ल्याएका छन् ।