इलाम २ मा डम्बर र डकेन्द्र भिडन्त, सुहाङको अग्रता कायमै

0 Shares

काठमाडौं । इलाम २ मा ४ वटा पालिकाको मतगणना पूरा भएको छ । अन्तिम मत परिणामअनुसार एमालेका उम्मेदवार करिब ५ हजार मतले अग्रता लिएको छ ।

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार ९०० मत पाएका छन् । कांग्रेसका डम्बर खड्का आठ हजार ९१४ मत ल्याएर पछ्याइरहेका छन् । सुहाङभन्दा डम्बर चार हजार ९८६ मतको अगाडि छन् ।

पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार २८५ मतका साथ तेस्रो स्थानमा रहेका छन् । कांग्रेसका खड्का र थेगिमबीच जम्मा ६२९ मतान्तर छ ।

चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का मिलन लिम्बू एक हजार ९४५ झिनो मतका साथ चौथो स्थानमा छन् ।

सम्बन्धित समाचार