0
Shares
काठमाडौं । बझाङ प्रदेशसभा (क) मा सम्पन्न उपनिर्वाचनमा आठ जना उम्मेदवारले जमानत जोगाउन असफल भएका छन् ।
नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित आठ उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् ।
निर्वाचन आयोगका अनुसार जमानत जफत हुनेहरूमा एकीकृत समाजवादीका सिंहसहित राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगर रहेका छन् ।
निर्वाचनमा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भए । कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले जमानत जोगाउन सफल बने । निर्वाचनमा जमानत जोगाउनका लागि कूल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ ।