0
Shares
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिस्पर्धामा यसपटक आफू विजयी बन्न नसके पनि मतदाताप्रति आभार व्यक्त गरेका छन् । अध्यक्षमा केपी ओलीसँग पराजित भएपछि प्रेस विज्ञप्ति निकाल्दै उनले महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरूले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु ।’