0
Shares
काठमाडौं । नेकपा एमाले महाधिवेशनबाट सचिव पदमा अध्यक्ष केपी शर्मा ओली प्यानलले क्लिन स्वीप गरेको छ । कूल ९ सचिव पदका लागि भएको निर्वाचनमा ओलीले उठाएका ९ जनाले निर्वाचित भएका हुन् ।
एमालेको निर्वाचन आयोगका अनुसार महेश बस्नेतले १५४४, पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१ मत पाएका छन् ।
यस्तै, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्त ढकालले ११०८ मत पाएका छन् ।