जेनजी आन्दोलनको आलोचना चिर्दै केपी ओलीको ‘ह्याट्रिक’

0 Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक निर्वाचित भएका छन् । पार्टीको विधानमा एक जना दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था भए पनि उनी तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाडौंमा जारी एमालेको ११औँ महाधिवेशनमा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तर हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधबार सम्पन्न मत गणनामा ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि नवौँ र दशौँ महाधिवेशनबाट उनी लगातार अध्यक्षमा निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १६ सय ६३ मत पाएका छन् । उनका प्रतिस्पर्धी पोखरेलले ५६४ मत पाएका छन् ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनसँगै पदच्युत भएका ओलीविरुद्ध पार्टीभित्र र बाहिर ठूलो आलोचना हुँदै आएको थियो । यसबीच पुस २७ गतेदेखि सुरु भएको पार्टीको महाधिवेशनमा उनी भारी मतान्तरले वियजी भएका हुन् ।

सम्बन्धित समाचार