एमाले महाधिवेशनः ३ घण्टामा मतपरिणाम सार्वजनिक गर्ने तयारी

0 Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानको मतपरिणाम ३ घण्टामा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले मतदान सकिएपछिका प्राविधिक काम सकेर मतगणना शुरु भएको ३ घण्टामा परिणाम सार्वजनिक गरिने बताए । उनले भने, ‘मतगणना बिहान ८ बजेदेखि शुरु गर्ने तयारी गरिएको छ, मतगणनाका लागि मुचुल्का उठाउने र सहमति कायम गर्न अझ केही समय लाग्छ, मतगणना भएको तीन घण्टाभित्र परिमाण आउँछ ।’

महाधिवेशनमा दुई हजार २ सय ६३ प्रतिनिधि मतदाता थिए । तीमध्ये दुई हजार २ सय २७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान शुरू भएको थियो । एमालेमा ३ सय १ केन्द्रीय सदस्यीय लागि ६ सय ४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो ।

नयाँ नेतृत्वका लागि अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै निर्माण गरेर निर्वाचनमा होमिएका थिए ।

 

सम्बन्धित समाचार