भक्तपुरका एक दर्जन बढी एमाले नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

0 Shares

काठमाडौं । भक्तपुरका एक दर्जन बढी एमाले नेता कार्यकर्ता आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले टीका र खादा लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

एकता अभियानमा सहभागी हुनेमा बालकोट २ का एमालेबाट वडा अध्यक्षका उमेदवार रवि श्रेष्ठ, नेपाल कोरिया मैत्री अस्पतालका मेसु डा.डि के रोसनसहित एमाले सुर्यविनायकका नेताहरु ईश्वर सिलवाल, हरि बास्कोटा, भाईकृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दिपक खत्री, धुर्व के.सी., रुकुश वेकाजु, सुदिप प्रजा, कृष्णशरण लामिछाने लगायत रहेका छन् ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै संयोजक प्रचण्डले वैचारिक दृढता, एकता र संघर्षको यात्रामा एकता अभियानले पार्टी र आन्दोलन अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । सो अवसरमा पार्टीमा सहभागी नेताहरूले पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

 

सम्बन्धित समाचार