0
Shares
काठमाडौँ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार १४.३३ अंक बढेर १९८०.२७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.०४ अंक बढेर १९९०.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९२ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने ११ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।