ओली र ईश्वरले भोट हाल्न ४० मिनेट लगाए

0 Shares

काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेललाई लगभग बराबर समय लागेको छ।

ओलीले करिब ४० मिनेटमा सबैलाई भोट हालेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए। उनका अनुसार अर्का अध्यक्ष दाबेदार ईश्वर पोखरेलले पनि लगभग यति नै समयमा भोट हालेर सकेका थिए।

उनीहरू दुई जनाले सँगसँगै मतदान सुरू गरेको र सक्दा पनि झन्डै एकै समयमा सकेको रिमालले जानकारी दिए। ओली खेमाबाट उपाध्यक्ष उम्मेदवार विष्णु पौडेलले २५ मिनेटमा भोट हालेका थिए भने पोखरेल समूहबाट महासचिव उम्मेदवार सुरेन्द्र पाण्डेलाई ३० मिनेट लागेको थियो।

जारी महाधिवेशनमा १९ पदाधिकारीका लागि ४१ जना उम्मेदवार छन् भने ३०१ केन्द्रीय सदस्यका लागि ६ सयभन्दा बढी उम्मेदवार छन्। सबैलाई भोट हाल्न करिब साढे तीन सय पटक बटन थिच्नुपर्छ।

भृकुटीमण्डपमा बिहान ८ बजेदेखि सुरू हुने भनिएको मतदान केही ढिला गरी साढे ९ बजेदेखि मात्रै मतदान सुरू भएको हो।

सम्बन्धित समाचार