एमाले मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने

0 Shares

काठमाडौं । एमालेको मतदान स्थगित भएको छ । भोलि बिहान(बुधबार) ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले बताए ।

प्रतिनिधिहरू भोट हाल्न २ घण्टाअघिदेखि लाइन बसेका थिए ।अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेल समेत मतदान स्थल पुगी सकेका थिए । विद्युतीय मतदान गर्ने भए पनि अन्तिममा प्राविधिक कारण देखाएर स्थगित गरिएको भन्दै प्रतिनिधिहरु आक्रोसित भएका छन् ।

आज ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिकरण कारण मतदान स्थगित भएको बताइएको छ ।

सम्बन्धित समाचार