एमाले अध्यक्षका प्रत्यासी ओली पोखरेल भृकुटीमण्डप पुगे

0 Shares

काठमाडौं । नेकपा (एमाले)को मतदान सुरु हुनुअघि प्रतिनिधिहरू लामबद्ध भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनअन्तर्गत मंगलबार साँझ ८ बजेबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका छ । आज राती एक बजेसम्म मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

सोही तालिकाअनुसार प्रतिनिधि मतदान गर्न लाइनमा बसेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्षका उमेदवार ईश्वर पोखरेल भने मञ्चमा छन् । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ । सबै मतदान विद्युतीय भएकाले मतगणना गर्न ढिला नहुने बताएको छ ।

महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ । सबै पदमा गरी ३०० बढी उमेदवार छन् ।

सम्बन्धित समाचार