एमालेमा युवा क्रेज ह्वत्तै बढ्यो

0 Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेसन भक्तपुरको सल्लाघारीमा भव्य कार्यक्रमबिच उद्घाटन भयो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११ औँ महाधिवेसनको शनिबार रिमोट थिचेर उद्घाटन शुभारम्भ गरेका थिए । महाधिवेसनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा पार्टी बैठक सकिए लगत्तै बन्दसत्रको कार्यक्रम सुरु भई उम्मेदवारी दर्ता भई सकेको छ । मंगलबार पदाधिकारी सहित केन्द्रीय सदस्यको निर्वाचन हुने कार्यतालिका छ ।

एमालेले दोस्रो विधान महाधिवेशनले कमिटीको १ अध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ७ सचिवसहित १८ सदस्य पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरी सकेको छ । पार्टी विधानमा पदाधिकारी सहित केन्द्रीय समितिको आकार सानो बनाउने भएपछि नेतृत्वमा जान नेताहरुको हानथान सुरु भएपछि पदाधिकारी र केन्द्रीय सदस्यको आकार बढाएको हो ।

पार्टी अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । हरेक जिल्लाबाट आएका प्रतिनिधि प्राय ओली निकट भएकाले पोखरेल भन्दा ओली नै बलिया दाबेदारको रुपमा देखिएका छन् । पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव प्राय ओली निकटबाटै निर्वाचित भएर आउने सम्भावना देखिएको प्रतिनिधिहरुले बताउछन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हुन लागेको एमाले महाधिवेसनमा पार्टी पदाधिकारी भन्दा केन्द्रीय कमिटीमा युवा र विषय विज्ञको इन्ट्रि कसरी हुन्छ भन्ने विषयलाई महत्वका साथ हेरिएको छ । जेनजी आन्दोलनमा पुराना पार्टी र नेतामाथि प्रहार भएका बेला एमालेले केन्द्रीय कमिटीमा कस्ता व्यक्तिलाई ल्याउछ भन्ने विषयलाई पार्टीभित्र र बाहिरका राजनीतिमा चासो राख्नेले मिहिनढंगले हेरेका छन् । जेनजी आन्दोलनमा सबैभन्दा बढी प्रहारमा परेको एमालेलाई महाधिवेसनबाट कस्ता युवा निर्वाचित हुन्छन् भन्ने विषयलाई नेतृत्वले समेत चासोको साथ हेरेको छ ।

महाधिवेसनमा नेताहरुले आफ्नोपक्षमा मत माग्न थालेपछि दृष्यमा फरक प्रस्तुति र व्यवहारसँगै केही युवा नेता र विषय विज्ञको चर्चा देखिन थालेको । जसलाई पार्टीले आफ्नो सम्पत्तिको रुपमा हेरेको विश्लेषकहरु बताउँछन् । यस पटकको एमाले ११ औँ महाधिवेसनमा युवाको क्रेस अन्य एमाले महाधिवेसन भन्दा फरक ओज देखिएको छ ।

महाधिवेसन स्थलमा हटकेक : सुहाङ नेम्वाङ
एमालेको ११ औँ महाधिवेसनमा कतिपय युवा नेता, विभिन्न कलस्टरमा समेटिएका नेता सम्भावना बोेकेका नेतालाई आफ्नो पक्षमा पार्न कसरत थालेका छन् । त्यसमध्ये एक सम्भावना बोेकेका युवा नेतामा संविधान सभा सभामुख स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ हटकेक बनेका छन् । पार्टी केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका सुहाङ सबैले रुचाएका पात्र हुन ।

२०८० साल भदौ २६ गते सुवासको हृदयघातबाट निधन भएपछि २०८१ सालको वैशाखमा भएको उपनिर्वाचना सुहाङ सालिन रुपमा राजनीतिमा इन्ट्रि भएको थियो । उमेहरले सुहाङ युवा पुस्ताको प्रतिनिधित्वसँगै कानुन क्षेत्रका जानकार भएकाले महाधिवेसनमा सुहाङको चर्चा र व्यक्तित्वको ओज बेग्लै देखिएको नेताहरु बताउँछन् । महाधिवेसनबाट केन्द्रीय कमिटीमा सुहाङको सानदारका साथ बलियो उमेदवारको रुपमा उदाउने आकलन गरिएको छ ।

इन्जिनियरिङ क्षेत्रका लोकप्रिय : डा.भेषराज थापा
पार्टी महाधिवेसनमा विद्यार्थी, युवा, महिला विभिन्न पेसा व्यवसायमा आवद्ध भएका व्यक्तिलाई आफ्नो पक्षमा पार्नेक्रममा अर्का युवा तथा जलस्रोत विज्ञको रुपमा क्षबि बनाएका डा.भेषराज थापाको महाधिवेसनमा बेग्लै क्रेज छ । पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका डा.थापा पूर्वाधार विद्को रुपमा स्थापित भएका विज्ञ हुन् । प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष महासचिव हुँदै तीन दशक बढी राजनीतिक अनुभव सम्हालेका डा.थाप जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रका ख्यातिप्राप्त विज्ञको पहिचान बनाएका छन् । विं.स.२०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय थापा अनेरास्ववियुमा नेतृत्व तहमा रहेर समेत काम गरेको अनुभव छ ।


२०७७ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बाट ’युवा वैज्ञानिक पुरस्कार’ले सम्मानित डा. थापा पेशागत क्षेत्रमा प्रतिस्पर्धी, हक्की, इमानदार तथा बौद्धिक व्यक्तिका रूपमा चिनिन्छन्। उनको उम्मेदवारीले युवा इन्जिनियर, पेशागत समुदाय तथा पार्टीका सुधारवादी सदस्यहरूमा उत्साह जगाएको छ। धेरैले उनलाई नयाँ पुस्ताको सक्षम प्रतिनिधि तथा स्वच्छ नेतृत्वको प्रतीकका रूपमा पनि हेरेका छन् ।

काठमाडौं महानगर उपमेर डङ्गोलको जतात्यतै चर्चा
काठमाडौँ महानगर उपमेयर सुनिता डङ्गोलले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उपमेर हुँदा मेयर बालेन्द्र शाहसँग पौठेजोरी खेलेर स्थापित डङ्गोललाई अधिकाशं प्रतिनिधिले रुचाएका छन् । उनी लोकिप्रिय मतका साथ निर्वाचित हुने धेरैले आकलन गरेका छन्।

विद्यर्थी राजनीतिबाट उदायका समिक र सुनिता
यस्तै अनेरास्ववियूका निवर्तमान अध्यक्ष समिक बडालको महाधिवेसन स्थलमा चर्चा बेग्लै छ । पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका समिकको प्रचार आक्रमक देखिएको छ । विद्यार्थीको अध्यक्ष हुँदा बडालले देशैभर नेता र कार्यकर्तासँग नजिक हुने मौका पाएकाले यस पटक केन्द्रीय कमिटीमा निर्वाचित हुन सहज हुने आकलन गरिएको छ । अर्का एमाले नेतृ सुनिता बराल सम्मेलनमा प्रतिनिधिहरुको रोजाईमा पर्ने अर्को पृथक पात्र हुन् । उनले समेत पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । अनेरास्ववियु अध्यक्ष र पूर्व सांसद समेत भएकाले केन्द्रीय कमिटीमा राम्रो मत ल्याएर विजयी हुन आकलन गरिएको छ । । विद्यार्थी राजनीतिबाट आएका नरेश रोकाया, आरसी लामिछाने, प्रकाश पौडेल, रक्षा बम लगायत नेताहरुले युवाहरुको प्रतिनिधित्व गर्दै चर्चामा छन् । ती चारै जना नेताले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । युवा र जेनजीको समेत प्रतिनिधित्व गर्ने ति नेताले भावी पार्टीको नेतृत्व गर्ने गरी उदाउने आकलन गरिएको छ ।

युवाको भरोसा :क्षतिज थेबे
यस्तै युवा संघका अध्यक्ष क्षितिज थेबेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि पार्टीको रक्षामा ढाल बनेर उभिएका थेबे युवाको भिडमा क्रेज बढ्दो छ । थेबेले पहिलो पटक केन्द्रीय कमिटीमा इन्ट्रि गर्न खोजेकाले सहज रुपमा कमिटीमा प्रवेश हुने युवा नेताहरु बताउँछन् । एमाले नेता अमित लामा पार्टीका प्रभावशाली नेताको रुपमा छबि बनाएका छन् । अध्यक्ष ओली निकट भई काम गरेका लामा पार्टीमा लोकप्रिय युवा नेताको रुपमा पहिचान बनाएका छन् ।

सम्बन्धित समाचार