ओलीपक्षबाट महासचिव पोखरेल, भट्टको उपमहासचिव दाबी

0 Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीको टीमबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ । यद्यपी उपाध्यक्षमा उम्मेदवार बन्न ज्ञवालीले अश्वीकार गरेकाले छलफल जारी रहेको छ । अहिलेसम्म उम्मेदवार टुंगो नलागिसकेको ज्ञवालीले बताए ।

महासचिवमा शंकर पोखरेल नै प्रतिस्पर्धामा उत्रिने तय भएको छ । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानभुक्त ढकाल उम्मेदवार बन्नेगरी छलफल अन्तिम चरणमा पुगेको छ ।

सचिवमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ । तर भट्टले सचिव पद अस्वीकार गर्दै उपमहासचिव पद दाबी गरेको नेताहरुले बताएका छन् । अन्य नयाँमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा.राजन भट्टराई उम्मेदवार बन्ने भएका छन् ।

 

सम्बन्धित समाचार