एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, कहिले हुन्छ चुनाव?

0 Shares

काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा आज अन्तिम मतदाता नामावली प्रकाशन हुने भएको छ ।

नेतृत्व चयनका लागि आवश्यक परे मतदानसमेत गर्ने गरी सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार बिहान सवा १० बजे मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ । लगत्तै दिउँसो १ः३० बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने कार्यक्रम छ ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ । त्यसपछि उम्मेदवारको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरु हुने छ ।

उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यसपछि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्य समिति चयनका लागि मतदान गर्ने गरी कार्य तालिका तयार पारिएको छ ।

भक्तपुरको सल्लाघारीमा मंसिर २७ गते उद्घाटन भएको एमालेको जारी महाधिवेशनको बन्दसत्र २८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

सम्बन्धित समाचार