अखिल अध्यक्षमा ७ मतले पराजित प्रकाशले दिए एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

0 Shares

काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनमा प्रकाश पौडेलले सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

म्याग्दीका पौडेल जुझारू युवाका रूपमा चिनिन्छन् । गत जेठमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी पौडेलले ७ मतले चुनाव हारेका थिए ।

अनेरास्ववियुको महाधिवेशनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार सुजन कडरियालाई घोषणा गरिएको थियो । पौडेलले चुनौती दिँदै मैदानमा उत्रिएका थिए ।

अनेरास्ववियुको स्कुल कमिटीदेखि क्याम्पस जिल्ला प्रदेश हुँदै केन्द्रीय सचिव र प्रवक्ता जिम्मेवारी निभाएका पौडेल धौलागिरी अञ्चलमा केपी ओलीको विद्यार्थीको विचार समूह एक्लै स्थापित गरेका थिए । अन्त्यमा उनले केपी समूहबाटै धोका पाएका थिए ।

११औँ राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएमा जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरू जोडदार रूपमा उठाउने बताएका छन् ।

सम्बन्धित समाचार