0
Shares
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने गरी अघि सारिएको विधान संशोधन प्रस्तावमा ईश्वर पोखरेल समूहले असहमति जनाएको छ । बैठकको सुरूमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले १०औँ महाधिवेशनको विधानलाई नै कायम गरेर जानुपर्ने, आवश्यक परे अझ थपेर जान प्रस्ताव गरेका थिए ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले भने संशोधन गर्नैपर्ने भए नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकालको सीमा पनि ब्यूँताएर जानुपर्ने अडान राखेका छन् ।