‘एनएमबि इन्स्टा बाई’मार्फत एनएमबि बैंकमा क्रेडिट कार्डमा थप सुविधा

0 Shares

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाई’ सुविधा सार्वजनिक गरेको छ ।

यो सुविधामार्फत क्रेडिट कार्डधारकले अब पाँच हजारभन्दा बढीको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सक्ने छन् ।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पीओएस स्लिप १० दिनभित्र ईएनएमबि एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाई पोर्टलमा अपलोड गर्न सक्छन् ।

न्युनतम शुल्क तथा ब्याजदर अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्थार शाखा धाउन नपर्ने सुविधासहित ‘इन्स्टा बाई’मार्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वलगायत हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने छ ।

एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।

सम्बन्धित समाचार