काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने रणनीतिअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्रअन्तर्गत टाँढी शाखा (रत्ननगर), भरतपुर शाखा (भरतपुर, शहिदचोक, नारायणघाट) र चनौली शाखा (भरतपुर १८) गरी तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरी औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
नयाँ कार्यालयमार्फत कम्पनीले विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ । स्थानान्तरण उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई र प्रदेश प्रमुख ईश्वर विकल सापकोटा, तथा सम्बन्धित शाखा प्रबन्धकसँगै कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रुपमा पुर्याउन संरचनागत सुदृढीकरण अत्यावश्यक रहेको उल्लेख गर्दै शाखा स्थानान्तरण पहल ग्राहकमैत्री अभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए ।
त्यसैगरी प्रमुख बजार अधिकृत चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटल अभिलेख प्रणाली तथा सहज ग्राहक मार्गदर्शन जस्ता संरचनात्मक सुधारले ग्राहक सन्तुष्टि बढाउने विश्वास व्यक्त गरे ।
सन नेपाल लाइफले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहकहितलाई प्राथमिकतामा राख्दै देशभर सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । हाल, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।