दबाब र आशंकाबिच काँग्रेस महाधिवेशनको मिति घोषणा, संस्थापन इतरपक्ष छैन अझै ढुक्क 

0 Shares

काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा हुने गरी घोषणा भयो । सोमबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस अन्तिममा महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्ने योजनामा थिए । त्यसमा पार्टी नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले देउवालाई दरो साथ दिँदै महाधिवेशन तत्काल गर्न नहुने अडानमा थिए । काँग्रेस इतर पक्षका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधि तत्काल गर्न  महाधिवेशन देउवामाथि तिबृ दबाब बढाएका थिए ।

संस्थापन इतर पक्षको दबाब थेग्न नसकेपछि अन्तमा संस्थापन पक्ष महाधिवेशनको कार्यतालिका ल्याउन बाध्य भएको हो ।  यद्यपि नेता निधि र सिटौलाले देउवाले कार्यतालिका ल्याए पछि भित्रदेखि तोकिएको मितिमा महाधिवेशन नहोस् देखिएका छन् । उनीहरू देउवाको कार्यकाल लम्ब्याए आफू सजिलै सेट हुन सकिन्छ कि भन्ने झिनो आशामा भएकाले महाधिवसन चुनावपछि धकेल्न चाहन्छन् ।

काँग्रेस सभापति देउवा निर्वाचनपछि महाधिवेशन गरेर आफू अनुकूल नेतालाई पार्टी सत्ता छोडेर जाने योजनामा थिए । त्यसैले तत्काल आफ्नो कार्यकाल ६ महिना थप गरेर महाधिवेशन गर्ने तयारी गरेका थिए । त्यसो भएमा आफू पार्टी सत्ता बाहिर भए पनि जीवनभर आफूले हालीमुहाली गर्न पाइन्छ भन्ने देउवाको बुझाई थियो । तर, संस्थापन इतर पक्षका नेताहरूले ७० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाएर देउवामाथि दबाब बढाए । त्यति मात्रै होइन संस्थापन इतरका नेताहरूले निर्वाचन अघि महाधिवेशन नगराए पार्टी विभाजन गर्नेसम्मको धम्की दिएर गुटको भेला गर्दै हिँडे ।  देउवामाथि एकपछि अर्को दबाब बढाएका संस्थापन इतर पक्षका नेताहरूले संस्थापनलाई महाधिवेशन कार्यतालिका ल्याउन बाध्य बनाए पनि तोकिकै मितिमा महाधिवेशन हुन्छ भन्नेमा इतर पक्ष ढुक्क हुन सकेको छैन । अन्तमा अत्यन्तै दबाबमा परेका देउवा महाधिवेशनपछि समेत सक्रिय हुने कन्डिसन राखेर कार्यतालिका ल्याएर इतर पक्षलाई शान्त पारेका छन् ।

काँग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि तोकिएकै मितिमा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने आशंका इतर पक्षको कायमै छ । आगामी  फागुन २१ गतेको निर्वाचन हुन ९३ दिन मात्रै बाँकी छ । त्यसैमा काँग्रेस जस्तो संगठनमा एकताबद्ध नभएको पार्टी समयमै महाधिवेशन हुन्छ भन्नेमा इतर पक्षका नेताहरू ढुक्क हुन सकेका छैनन् । आगामी निर्वाचन हुन्छ वा हुँदैन भन्नेमा आशंको अवस्थामा महाधिवेशन पनि संस्थापन पक्षले पछाडि धकेल्न सक्ने विपक्ष नेताहरूको बुझाई छ ।

काँग्रेसको सधैँ विवाद हो क्रियाशील सदस्यता । पार्टीको क्रियाशील सदस्यलाई दिएर काँग्रेसमा अत्यन्तै विवाद हुने गरेको छ । आफू निकट नेताहरूले मापदण्ड भन्दा बढी सदस्य बनाउने कतिपय अवस्थामा लामो समय पार्टीमा काम गरेका कार्यकर्ताले नपाउने अवस्था रहन्छ । महाधिवेशन नचाहने पक्षले पार्टी क्रियाशील सदस्यलाई विवादको रूपमा झिकेर महाधिवेशन पर धकेल्न सक्ने देखिएको छ । यदि कार्यतालिका बमोजिम सबै काम भए तोकिएकै महाधिवेशन हुने नेताहरूले बताएका छन् ।

यस्तो छ काँग्रेस कार्यतालिका 

केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण– मंसिर २० गतेभित्र

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि– मंसिर २४ गतेभित्र।

एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधि– पुस ८ गतेभित्र।

एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि– पुस १० गतेभित्र।

दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि– पुस ११ भित्र।

नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने– पुस १२ गतेभित्र।

क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति÷कार्यवाहक सभापतिलाई बुझाउने अवधि– पुस १४ गते।

केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित  क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि– पुस १४ गतेभित्र।

नेपाली जनसम्पर्क समितिको अधिवेशन– पुस १५ गते।

गाउँ÷नगर वडा अधिवेशन– पुस १६ गते।

गाउँ÷नगरपालिका अधिवेशन– पुस १७ गते।

प्रदेश सभा क्षेत्रीय अधिवेशन– पुस १९ गते।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन– पुस २१ गते।

दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन– पुस २२ गते।

प्रदेश अधिवेशन– पुस २३ र २४ गते।

केन्द्रीय महाधिवेशन– पुस २६, २७ र २८ गते काठमाडौंमा।

सम्बन्धित समाचार