बाढी प्रभावित उद्यमीलाई १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचनाको व्यवस्था

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट सार्वजनिक गरेको मौद्रिक नीति समीक्षामा बाढीपहिरो प्रभावित उद्यमीप्रति राहत दिइने गरी व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै देशका विभिन्न भागमा बाढी प्रभावित जिल्लाका ऋणीहरूले न्यूनतम १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना तथा पुनतार्लिकीकरण गर्ने सुविधा दिने भएको हो ।

मौद्रिक नीतिमा भनिएको छ, ‘हालैको बाढीपहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तीका कारण असर पुगेका अन्य जिल्लाका उद्यम र व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एक पटकको लागि पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ ।’

सम्बन्धित समाचार