काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै ‘होन्डा अल न्यु सीआर-भी’को बिक्री सुरु गरेको छ ।
यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट संयोजन गरिएको छ । यसमा शक्तिशाली १.५ लिटर पेट्रोल टर्बो इन्जिन जडान गरिएको छ । गाडीको इन्टेरियर र सुविधाहरूमा विशेष ध्यान दिइएको छ । जसमा वेलकम सिट, फुल एलइडी लाइट र पानोरामिक सनरुफ समावेश छन् ।
साथै, चालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसमा प्लाज्मा क्लस्टर प्रविधि प्रयोग गरिएको छ । यसमा १० थान एयर ब्याग भएकाले यात्रालाई थप सुरक्षित बनाउँछ । यस गाडीमा २१० एम् एम् ग्राउण्ड क्लिअरेन्स रहेको छ । जसले गर्दा कच्चि बाटोमा पनि यो एउटा राम्रो विकल्प हुन सक्छ ।
यसमा १०.२ इन्चको टिएफटी टच डिस्प्ले, चालकको सहजताका लागि ड्राइभर मेमोरी सिट र उत्कृष्ट साउन्ड अनुभवमा १२ वटा बोस प्रिमियम स्पिकर्स जस्ता ‘प्रिमियम फिचर्स’हरू रहेका छन् ।
सुरक्षाको हिसाबले पनि यो गाडी अब्बल छ । यसमा अडास लेभल २ जडान गरिएको छ । यसले यात्रालाई सुरक्षित बनाउँछ । यो गाडी ७ सिटर क्षमतामा उपलब्ध भएकाले ठूलो परिवारका लागि समेत उपयुक्त हुनेछ । यसको शक्तिशाली इन्जिन, सस्पेन्सन र डिजाइनलाई हेर्दा नेपालको बाटोमा ‘पर्फेक्ट राइड’का लागि यो गाडी एक उत्कृष्ट विकल्प हुन सक्छ ।
कम्पनीका अनुसार, ग्राहकका लागि विश्वस्तरीय प्रविधि र सुविधायुक्त गाडीहरू भित्र्याउन कम्पनी सधैँ प्रतिबद्ध छ । ‘होन्डा अल न्यु सीआर-भी’ले नेपालको एसयूभी सेग्मेन्टमा लक्जरी र पर्फर्मेन्सको नयाँ उदाहरण बन्नेमा कम्पनी विश्वस्त छ । यो गाडीले नेपाली ग्राहकहरूको यात्राको अनुभवलाई अझै विशेष बनाउने छ ।
कम्पनीका अनुसार ‘होन्डा अल न्यु सीआर-भी’चार आकर्षक रङहरू कालो (ब्ल्याक), सेतो (ह्वाइट), निलो (ब्लु) र सिल्भरमा उपलब्ध हुने छन् । यो प्रिमियम गाडीको अनुभव लिन र ‘टेस्ट राइड’ गर्न चाहने ग्राहकले ललितपुरको धोबिघाटस्थित होन्डाको आधिकारिक शोरुममा सम्पर्क गर्न सक्ने छ ।