यस्तो छ आज देशभरको मौसम

0 Shares

काठमाडौं । आज अधिकांश भागमा साधारणतयाः मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान ८ बजे जारी गरिएको पूर्वानुमानअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने सम्भावना छ ।

यस्तै, आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने समेत महाशाखाले जनाएको छ । बाँकी प्रदेशमा मौसम सफा रहने छ ।

आज राति पनि कोशी प्रदेशका पहाडी हिमाली भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

सम्बन्धित समाचार