0
Shares
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचनको अघिल्लो र पछिल्लो दिनसहित तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
अध्ययनले यस्तो बिदाले नागरिकलाई आफ्नै निर्वाचन क्षेत्र पुगे- मतदान गर्न सहज हुने बताएको छ। सुरक्षा निकाय, निजामती, शिक्षकसहित निर्वाचनमा खटिने कर्मचारीलाई आफू खटिएको केन्द्रमै समानुपातिक तर्फ मतदान गर्न कानुनी व्यवस्था स्पष्ट बनाउन सुझाव दिइएको छ।
प्रतिष्ठानले प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेको छ। प्रस्ताव लागू भए फागु पूर्णिमाका बिदासहित करिब पाँच दिन लगातार सार्वजनिक बिदा पर्नेसमेत अध्ययनले उल्लेख गरेको छ।