0
Shares
काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा आन्दोलनरत जेनजी युवालाई वार्तामा आउन आग्रह गरेका छन्।
प्रजिअ मिश्रले जेनजीका बारा संयोजक सम्राट उपाध्यायसँग कुरा गर्दै वार्तामा आउन आग्रह गरेका हुन्। मिश्रले वार्तामा जेनजी युवाको मागका विषयमा छलफल गरिने उपाध्यायलाई जानकारी दिएका छन्।
स्रोतका अनुसार जवाफमा उपाध्यायले आफूहरू वार्तामा आउने जानकारी दिएका छन्। उनीहरूबीच जिल्ला सदरमुकाम कलैयामा वार्ता हुने भएको छ। सिमरामा आन्दोलनरत जेनजी पक्ष अझै प्रदर्शनमा रहिरहँदा प्रशासनले वार्ताको पहल गरेको हो।
बुधबार एमाले नेताहरू शंकर पोखरेल र महेश बस्नेत सिमरा जाने कार्यक्रमको अगाडि स्थानीय एमाले कार्यकर्ता र जेनजी युवाबीच झडपको अवस्था सिर्जना भएपछि तनाव उत्पन्न भएको हो।
तनाव बिहीबारसम्म पनि साम्य भएको छैन।