काठमाडाैं । सिप्रदी अटोपार्ट्स प्रालिद्वारा देशभर सञ्चालन गरिएको पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला योजना अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको छ । उच्च सहभागिता र ग्राहकहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह भरेको यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
कार्तिक २८ मा आयोजित टाटा जेन्यून टिगर्स मिट २०२५ (TATA Genuine Parts Tigers Meet 2025) कार्यक्रममा विशेष रुपमा लक्की ड्रूका विजेताहरू घोषणा गरिएका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो।
कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरभ थपलिया तथा सिप्रदी अटोपार्ट्सका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले भाग्यशाली विजेताहरू छानेका थिए । यस वर्षको लक्की ड्रमा बम्पर पुरस्कार अन्तर्गत बजाज पल्सर १५० सीसी मोटरसाइकल इस्टर्न रोडलाइफ ले जित्न सफल भयो, जसले टाटा जेन्युइन पार्ट्स बंगलामुखी मोटर्स ट्रेडर्स, विराटनगरबाट खरिद गरेको थियो ।
दोस्रो ठूलो पुरस्कार टीभीएस एनटर्क १२५ सीसी काठमाडौँको कुलेश्वरस्थित विज्ञान अटाेमाेबाइल्सबाट खरिद गर्ने ग्राहक सगर राउतले हात पारे। स्मार्ट टिभीको पुरस्कार गाेयंका फुड प्रालिले जित्यो, जुन बुटवलस्थित गान्डकी अटाे ट्रेडर्सबाट किनिएको थियो । यस्तै, स्मार्टफोन वन्डरल्याण्ड बोर्डिङ स्कूलले जित्यो, जसले डामकको एस.डी. ट्रेडर्स मार्फत खरिद गरेको थियो ।
सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सले सवारीसाधनको सुरक्षा, दीर्घायु र उत्कृष्ट प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुयाइरहेका छन् । यी सबै कारणले ग्राहकहरूको विश्वास र रुचि दिनप्रतिदिन बढ्दै गएको छ ।
सिप्रदी अटोपार्ट्स प्रालिले नेपालभर गुणस्तरीय सक्कली पार्ट्स उपलब्ध गराउँदै, भरपर्दो बिक्रीपछिको सेवा र ग्राहकमैत्री योजनामार्फत ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।