एनपीएल खेल आजदेखि सुरु, साविक विजेतासँग खेल्दै काठमान्डु गोर्खाज

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले खेल्ने छन् ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज खेल्ने भएका छन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री भइसकेको छ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको खेल यस पटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटबीच हुने भएको छ ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।

रंगशाला शहरी विकास मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान)लाई आइतबार औपचारिक कार्यक्रममार्फत हस्तान्तरणसमेत गरिसकेको छ ।

सम्बन्धित समाचार